टिप्परसंग ठक्कर खाएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज साँझ भएको सवारी दुर्घटना परी एक युवकको मृत्यु भएको छ ।
बन्दिपुर गाउँपालिका-१ निवासी २१ वर्षीय स्कुटर चालक इश्वर क्षेत्रीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नम्बरको टिप्परसंग बिपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नम्बरको स्कुटर ठक्कर खाएको थियो । स्कुटर विपरितदिशामा गुडेको टिप्पर भित्र छिरेको छ ।
उक्त दुर्घटना पश्चात टिप्पर चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
घट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अबरुद्ध गरेका छन् । अबरुद्ध राजमार्ग खुलाउन प्रहरीले पहल गरिरहेको छ ।