एमसिसीका कारण गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले विहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट परे ।

उनले सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए । वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्दै उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्ने बताए ।

एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप आरोप लगाए । उनले भने, ‘एमसिसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो । जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ।’

मादी मर्स्याङ्दी मोटरमार्गको निरीक्षण

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले मादी मर्स्याङ्दी मोटरमार्गको विहीबार निरीक्षण गरेका छन् । व्यास नगरपालिका-७ बाट सुरु हुने मादी मर्स्याङ्दी मोटरमार्गको निरीक्षण गर्दै यसको अवस्थाका विषयमा जानकारी लिइएका थिए ।

गण्डकी प्रदेशका सांसद सरिता गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसहितको उपस्थितिमा मोटरमार्गको निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले यो मार्ग कालोपत्र भएपछि यस भेगको जनताको जीवनस्तर बदलिने बताए । सो मोटरमार्गका लागि बजेट विनियोजन भई बोलपत्रको प्रक्रिया थालिएको बताइएको छ ।

यस्तै, वरिष्ठ नेता पौडेलले विहीबारै जिल्लाका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा कार्यकर्ता भेटघाट गरेका छन् । नेता पौडेलले व्यास नगरपालिका-७ कलेस्ती, गजौडे, व्रिता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन् । सो क्रममा उनले पार्टीलाई सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेल केही दिन गृहजिल्लामा रहने कार्यक्रम रहेको छ । पौडेलले फागुन १३ गते व्यास नगरपालिका-१० मा निर्माण हुन लागेको व्यास नगर अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन पौडेलले कालिका मार्गको अवलोकन गर्नुका साथै रुपाकोटमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै, फागुन १४ गते नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ को आयोजनामा खैरेनीटारमा हुने सुदृढीकरण एवं अन्तक्रिया कार्यक्रममा पौडेलले सम्बोधन गर्ने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker