वैशाख महिना यता कोरोना संक्रमणबाट तनहुँका १४ जनाको मृत्यु

भञ्ज्याङ न्यूज

नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना भाइरस (कोभिड-१९) संक्रमण महामारिकै रुपमा फैलिएको छ । भाइरस संक्रमण तनहुँको समुदायस्तरमा भुषको आगो जस्तै गरी फैलिन पुगेको देखिएको छ ।

दैनिक संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । भाइरस संक्रमणबाट मृतकको संख्या पनि बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार वैशाख महिना यता तनहुँका १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु भएका अधिकांश व्यक्तिहरु दीर्घ रोगबाट पीडित रहेका र उनिहरुमा कोरोना संक्रमण हुँदा स्वास्थ्यमा गम्भिर समस्या देखिने गरेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा तनहुँको दमौलीमा दुइ जनाको ज्यान गुमाएका छन् । शनिबार र आइतबार गरी दमौलीमा कोभिड संक्रमणका कारण ज्यान गुमाएका दुइ जनालाई नेपाली सैनिकले अन्त्येष्टि गरेको छ ।

यसरी ज्यान गुमाउनेमा व्यास-४ बागबजार निवासी ८० वर्षीया वृद्धा र व्यास-१३ निवासी वृद्ध छन् । दमौली अस्पतालमा उपचार पछि फर्केकी वृद्धाको शनिबार साँझ होमआइसोलेशनमा ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।

यस्तै, दमौली स्थित नेशनल एपोलो अस्पतालमा उपचारका लागि गएका व्यास-१३ का ९० वषर्ीय वृद्धको पनि निधन भएको उनले जानकारी गराएका छन् ।

दमौली मृत्यु भएकाको नेपाली सेनाले बुल्दीपारी दमौली शव दाहस्थलमा अन्त्येष्टि गरेको छ ।

त्यस्तै, घिरिङ गाउँपालिका-३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रवक्ता डा. शर्माले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker