पाँच हजार संक्रमित थपिए, साढे छ हजार निको भए

भञ्ज्याङ समाचारदाता/दमौली

मुलुकभरि पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ । नेपालमा पिसिआर परीक्षण गरेकामध्ये संक्रमण दर १८.८ प्रतिशत रहेको छ । यस्तै मंगलबार छ हजार ५७० जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.७ प्रतिशत रहेको छ। अहिलेसम्म निको भएर घर फर्किनेको संख्या पाँच लाख चार हजार ५३० पुगेको छ ।

१०८ जनाको निधन

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १०८ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार ९८ पुगेको छ। नेपालमा प्रति दश लाखमा २७७.९ जनाको संक्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना भाइरस संक्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियु) र ३७२ जना भेन्टिलेटरमा छन् ।

आइसियुमा प्रदेश नं. १ मा २०२, प्रदेश नं. २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् । त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker