युवा रेडक्रस सर्कल पवित्रा माविको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता

डुम्रे : नेपाल रेडक्रस सोसाइटी सोसाईटी जिल्ला शाखा तनहुँको आयोजना र नेपाल युवा रेडक्रस सर्कल पवित्रा माध्यमिक विद्यालय बन्दीपुर–१ पिप्लेको आतिथ्यतामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
“रेडक्रस अभियान रक्तदान जिवनदान” मुल नाराका साथ आयोजित प्रतियोगिताको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिका का अध्यक्ष सुरेन्द्र वहादुर थापाले रेडक्रस एक मानवीय संस्था भएकाले संस्था र संस्थासंग जोडिएका व्यक्तिहरु समाजको उदहारणीय बन्नुपर्ने चर्चा गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले जुनियर/युवा रेडक्रसको खम्वा हो, रेडक्रस एक पवित्र संस्था भएको हुनाले निस्वार्थ भावनाले मानवीय कार्यमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए ।
जिल्ला जुनियर/युवा संयोजक विमल गिरी संयोजकत्वमा आयोजित कार्यक्रममा बन्दीपुर–१ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त पोख्रेल, प्रधानाध्यापक सरोज सुवेदी लगायतले आ–फ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, उक्त प्रतियोगितामा प्रथम पवित्रा मा.वि.का आयूषा श्रेष्ठ, द्वितीय हंशवाहिनी मा.वि. शुक्लागण्डकीका मानसी खनाल, तृतीय सत्यवति मा.वि. दमौलीका जोनीसा चिलुवाल र सान्त्वना आदिकवी भानुभक्त क्याम्पसका मौषमी थापा भएका छन्।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker