भिमाद नगरपालिकाको ६६ करोड ३७ लाख बजेट पारित
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । गत असार १० गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम बिहीबार पारित गरिएको हो ।
१२औं नगरसभाका अवसरमा उपप्रमुख शारदा खनालले नगरसभामा प्रस्तुत गरेको आगामी वर्षका लागि ६६ करोड ३७ लाख १६ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
नगरप्रमुख दधिराज सुवेदीले आर्थिक विधेयक र विनियोजन विधेयक, २०७९ सर्वसम्मत पास भएको जानकारी गराए । सो अवसरमा नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई नगरप्रमुख सवेदी, उपप्रमुख खनालले पुरस्कृत गरेका थिए ।










