तनहुँको दमौली कारागारमा कैदीबन्दीका २ समुह बीच झडप, छ जना घाइते
भञ्ज्याङ न्यूज

तनहुँको जिल्ला कारागारका कैदीबन्दीबीच आइतबार साँझ झडप भएको छ । झडपमा केही कैदीबन्दी घाइते भएको बताइए पनि आधिकारिक विवरण जानकारी गराइएको छैन ।
कारागारमा के कारणले झडप भएको भन्ने विषयमा जिल्ला कारागारमै सरोकारवाला निकायका प्रमुखहरुबिच छलफल भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
‘हामी अहिले कारागारमै बसि समस्यको समाधानमाथी छलफल गरिरहेका छौं’, उनले भने, ‘आज व्यवस्थापनतर्फलागेका छौं, पुरा विवरण भोलीमात्र सार्वजनिक गर्ने छौं ।’
स्रोतका अनुसार कारागारमा रहेका लागुऔषध कारोवारी मुद्दका बन्दी र अर्को समुह बीच झडप हुँदा छ जना घाइते भएका थिए । घाइतेहरुको दमौली अस्पतालमा उपचार पश्चात पुनः कारागार लगिएको छ ।
झडपमा परी घाइते हुनेमा धनबहादुर शाही, अनुप थापा, ज्ञानबहादुर विक, माधव कँडेल, कुलबहादुर तामाङ, दिपक दर्जी घाइते भएको स्रोतले जनाएको छ ।
कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ । घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल गरी समास्याको समाधान गर्ने काम भएको बताइएको छ ।










