महिनावारी स्वच्छता व्यवस्थापन सचेतना

तनहुँको बन्दीपुर गाउँपालिकामा आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम र यस विषयमा सचेतना जगाउनका लागि आयोजित एक कार्यक्रमका अवसरमा निकालिएको र्यालीमा सहभागि किशोरिहरु । विश्व शौचालय दिवसको अवसरमा शुक्रबार गाउँपालिकाको सभा हलमा सुलभ सेनेटेसन क्लब, सुलभ इन्टरनेसनल, भारतको आयोजनामा बन्दीपुर गाउँपालिकाका महिला कर्मचारीहरूको लागि महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

महिनावारी स्वास्थ्य व्यवस्थापन, सरसफाइका तरिकाहरू पानी व्यवस्थापन बारे समूहमा छलफल सहित फ्लो चार्ट प्रयोग गर्दै, घर र समाजमा सरसफाइ सुधार्नका लागि प्रभावकारी रणनीतिहरूको आदानप्रदान गरिएको थियो । तालिम पश्चात बन्दीपुरको वडा नम्बर ४ स्थित ३ धाराबाट बजारसम्म विद्यार्थीहरूको उपस्थितिमा सचेतनाका लागि र्याली प्रदर्शन गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










