९८ वर्षीय वृद्धले लगाए कोभिड-१९ विरुद्धको खोप

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोभिड-१९ विरुद्धको खोप अभियानको पाँचौ दिन आइतबार ९८ वर्षीय वृद्धलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । तनहुँको देवघाट गाउँपालिकाका ९८ वर्षीय वृद्ध अगमप्रसाद लामिछानेलाई देवघाट स्वास्थ्य कार्यालयले सञ्चालन गरेको खोप केन्द्रमा उक्त खोप लगाइएको हो । देवघाट क्षेत्र विकास समिति अन्तर्गतको समाजकल्याण केन्द्र ज्येष्ठ नागरिक आश्रममा बस्दै लामिछानेलाई कोभिडविरुद्धको खोप लगाइ देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले बताएका छन् ।

बृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिक अधिकांश ८० वर्ष माथिका छन् । बृद्धबृद्धाहरु दैनिक विभिन्न व्यक्तिले उपलब्ध गराउने भोजन ग्रहण गर्ने र कोभिडको निकै जोखिममा पर्ने भएका कारण सबैभन्दा पहिला बृद्धबृद्धालाई कोभिड खोप लगाइएको बुढाथोकीले बताए ।

बृद्धाश्रममा बस्ने ३४ जना बृद्धबृद्धा, १३ जना आश्रमका कर्मचारी, ५० जना महिला स्वास्थ्य स्वयं सेवीका र स्वास्थ्यकर्मी, ३ जना सरसफाईकर्मी, ३ जना नगर प्रहरी १ जना एम्बुलेन्स चालक गरी १०४ जनालाई कोभिड विरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ १९ गतेसम्म जिल्लाका १ हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य छ । व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषि गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपालिकाका २६७, भिमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँवुखैरेनी गाउँपालिकाका ७३, बन्दिपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जना स्वास्थ्यकर्मीलाई खोप लगाइदैछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker