गण्डकीमा १६६ सङ्क्रमित थपिए, एकको मृत्यु, तनहुँमा संक्रमित हजार नाघे

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११२ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ४४४ पुगेको छ ।

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशले सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा पोखराबाट सञ्चालित २५ वटा अनलाइन सञ्चारमाध्यमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका बाबजुद सञ्चारकर्मीहरू अग्रपङ्क्तिमा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी स्वास्थ्य समाग्री वितरण गरिएको संघका अध्यक्ष ढाकामोहन(गणेश) बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रति सञ्चारमाध्यम १०० वटा सर्जिकल माक्स, १० वटा एन ९५ माक्स र सेनिटाइजर उपलब्ध गराइएको हो । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा सङ्घलाई प्राप्त ९१ हजार रुपैयाँबाट ती स्वास्थ्य सामग्री खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना प्रभावित सबै क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार नीतिगत रुपमा अघि बढिरहेको बताउनुभयो । कोरोना नियन्त्रणभन्दा बाहिर गएको विद्यमान अवस्थामा आफैँ सुरक्षित रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कोरोनालाई व्यावहारिक ढङ्गले नियन्त्रणमा लैजानुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले केही समय अघि सूचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा बढाइने मन्त्री गुरुङले बताउनुभयो । सो अवसरमा उहाँले सङ्घको आधिकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार सङ्घ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, सङ्घका कोषाध्यक्ष सुनिल पाण्डेलगायतले कोरोना महामारी र सञ्चारकर्मीले भोगेका समस्याका बारेमा बोल्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker