तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणाधिन मुख्य बाँध । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यो आयोजना नेपालको जलविद्युत इतिहासमै पहिलो कङ्क्रिट गुरुत्व बाँधयुक्त रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको मुख्य बाँध एक सय ४० मिटर अग्लो हुनेछ । तस्विर : भञ्ज्याङ










