माताचण्डेश्वरी कृषि उत्पादक सहकारीको साधारणसभा सम्पन्न

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित श्री माताचण्डेश्वरी कृषि उत्पादक सहकारीले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केदारमान श्रेष्ठको अध्यक्षतामा आयाजित साधारणसभमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सहकारी संघ संस्थाहरू सेवाग्राही मैत्री र सहकारी संस्थाहरु सहकारी ऐन, नियम अनुसार संचालन हुनु पर्ने बताए ।
बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकार, संस्थाका संस्थापक अध्यक्ष भगवान श्रेष्ठ, कार्यसमितिका सदस्य एवं ऋण समितिका संयोजक शिवकुमार श्रेष्ठ सोना लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवकुमार श्रेष्ठ आईटिले गत आर्थिक वर्ष २०८१÷०८२ को ८ करोड २३ लाखको कारोबार भएको प्रतिवेदन पेश गरेका थिए । २०६८ सालमा स्थापना भएको सो सहकारीले बचत तथा ऋणको आर्थिक कारोबार र अनुदानबाट प्राप्त रासायनिक मल, नुन बिक्री वितरण गर्दै आइरहेको र सहकारीमा सेयर सदस्य ३५० जना रहेका ब्यवस्थापक भूमि थापाले जानकारी दिए ।










