म्याग्देद्वारा दैनिक ज्यालादारी गर्नेलाई घरमै खाद्यान्न सहयोग

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरी परिवार पाल्ने कोभिड प्रभावित परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । ज्यालामजदुरी गरी खाने पालिकाबासिलाई कोरोना लागेमा उनिहरुको समस्या हेरी राहत वितरण गरिएको गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले बताइन् ।

पीडितको घरमै पुगि चामल, दाल, आलु, नुनतेल लगायतका खाद्यान्न सामग्री उपलब्ध गर्ने गरिएको अध्यक्ष रानाले बताइन् । अहिले कोरोना बजारबाट गाउँमा सरेको भन्ने पछिल्लो तथ्याङ्कले देखाएको छ, यस्तोमा गाउँमा बस्ने मानिसहरू सावधानीपूर्वक बस्न उनले आग्रह गरेकी छन् ।

गाउँपालिकाले अहिलेसम्म करिव ५० घर परिवारलाई खाद्यान्न राहत दिइएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । पालिका भित्रका कमजोर अवस्थामा रहेका र त्यस्तो परिवार भित्रका सदस्यहरूमा संक्रमित भएमा पालिकाले सहयोग गर्दै आएको घिमिरेले बताए । संक्रमित र संक्रमितको परिवारलाई सान्त्वना तथा हौसलासँगै राहत दिनको लागि घर घरमा पुगि भेट गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker