सञ्चारिका समुह नेपाल तनहुँको प्रथम अधिवेशन : रसाइलीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति

भञ्ज्याङ न्यूज

सञ्चारिका समुह नेपाल तनहुँले तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन गरेको छ । शुक्रबार दमौलीमा भएको अधिवेशनले सम्झना रसाइलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र्सवसम्मत निर्वाचित गरेको छ ।

समुहको उपाध्यक्षमा ममता गुरुङ, सचिव सुनिता आचार्य, सहसचिव निशा थापा मगर, कोषाध्यक्ष र्सर्मिला विक निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला छनु भने समुको सल्लाहकारमा निवर्तमान अध्यक्ष सन्तोषी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष भुमिका आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का र अस्मिता खनाल रहेका छन ।

समुहको साधारण सभा उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा महिला पत्रकारको अवसर र चुनौती दुबै रहेको चर्चा गरे ।

यस्तै, कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका अवैतानिक महावाणिज्य दुत एवं वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महतले संचार जगतको महत्वपूर्ण रहेको चर्चा गर्दै बन्दिपुरको प्रवर्द्धनको लागि नयाँ गीत र्सार्वजनिक गर्न लागेको र आफु देश बाहिर रहेपनि सधै जिल्लाको प्रचार प्रसार र प्रवर्द्धनमा लागि परेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का, क्रियाशिल महिला पत्रकार तनहुँकी अध्यक्ष बिमला दुवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, समुहकी सचिव सम्झना रसाइलीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ममता गुरुङले कोषाध्यक्षको प्रतिवेदन पेश गरेक थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker