तनहुँको व्यास-५ मा जग्गा वर्गिकरण सम्वन्धी अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ मा कृषि तथा आवासीय जग्गा वर्गिकरण सम्वन्धी अन्तरक्रिया गरिएको छ । व्यास नगरपालिकाको घर, नक्सा शाखाले स्थानीय जनप्रतिनिधी, कर्मचारी र टोल अध्यक्षको सहभागितामा कृषि र आवासीय जग्गा वर्गिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ ‘हिमाल’को अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका इन्जिनियर अमृत केसीले सरकारले कार्यक्रमको महत्व र आवश्यकताको वारेमा प्रकाश पारेका थिए ।

स्थानीय भु-उपयोग कार्यन्वयन समिति, भु-उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भुमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय र मालपोत कार्यलय तनहुँको सार्वजनिक सुचना अनुसार कार्यक्रम अगाडी बढाइएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जग्गाको वर्गिकरणको आवश्यता र यसको महत्वका विषयमा जिज्ञासा रोखेका थिए ।

कार्यक्रमका अध्यक्ष विष्णु कुमार श्रेष्ठ ‘हिमाल’ले घरर नक्साको वर्गिकरण अपरिहार्यता भएको हुँदा समयमा नै दर्ता अभियानमा सरिक भई लाभ लिनुहुन अनुरोध गरे । जग्गाको वर्गिकरण नहुँदा यसले आम जनजीविकामा प्रत्यक्ष असर गरेको बताउँदै उनले यस कार्याले पूर्णता पाएसँगै आम जनताले लाभ लिने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker