अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ

दमौली : तनहुँको देवघाट गाउँपालिका–४ स्थित रिस्ती खोलाबाट अवैध भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ फागुन ३ गते बिहान करिब ८ः४० बजे इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोली ग्रामीण क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा देवघाट गाउँपालिका–४ सार्वाङ बस्ने ४० वर्षीय पूर्णबहादुर गुरुङ र सोही स्थानका २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बारुद भरिएको (केब नभएको) एकनाले भरुवा बन्दुक दुई नाल बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए। रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट बारुद जस्तो देखिने कालो धुलो पदार्थ तथा फलामका टुक्रा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामग्रीमध्ये दुई नाल एकनाले भरुवा बन्दुक र १३ ग्राम ५०० मिलिग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ रहेका छन्।

पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। तनहुँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker