उज्यालो नेपालका कार्यकर्ताले दमौलीमा रवि लामिछानेलाई कालोझण्डा देखाए

डा. स्वर्णिम वाग्लेको क्षेत्रमा चुनाव प्रचार गर्न आएनन् बालेन

तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउदै गर्दा विरोध प्रदर्शन गरिएको हो ।

दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए । रविको गाडी आएपछि प्रहरीले भिड पन्छाएर बाटो खुला गरेको थियो । त्यसक्रममा प्रहरीले सामान्य बल प्रयोग गर्यो । प्रहरीसँगको झडपमा एकजना घाइते भएका छन् ।

रवि भिडबाट अघि बढेर रवि र स्वर्णिम सरासर कार्यक्रमस्थलतर्फ लागे । दमौलीमा रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रह्यो ।

स्वर्णिमको क्षेत्रमा आएनन् बालेन

दमौलीमा रविसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह पनि आउने भनिएको थियो । स्वर्णिमले नै रवि र बालेनको भ्रमण रुटसहितको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका थिए । तर बालेन तनहुँ आएनन् । चितवनमा रविसँगै मञ्च सेयर गरेका उनी त्यहाँबाट सिधै काठमाडौं फर्किएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker