कृषकको खेतबारीमै पुगेर संयुक्त प्राविधिक अनुगमन

तनहुँ : कृषि विकास कार्यालय, तनहुँको आयोजनामा मंगलबार म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न स्थानहरूमा संयुक्त प्राविधिक समूह अनुगमन  कार्यक्रम गरिएको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, प्रदेश कृषि प्रयोगशाला, कृषि अनुसन्धान केन्द्र तथा कृषि विकास कार्यालय, तनहुँका विज्ञ प्राविधिक कर्मचारीहरूको संयुक्त टोलीले कृषकको खेतबारीमै पुगेर स्थलगत अनुगमन गरेको थियो ।
उक्त कार्यक्रममा कृषकहरूले भोग्दै आएका माटो परीक्षण, रोग–कीरा नियन्त्रण, उन्नत बिउ–बिरुवा छनोट, सिँचाइ व्यवस्थापन लगायतका विद्यमान समस्याहरूलाई स्थलगत रूपमै पहिचान गरी तत्काल समाधानका उपाय र आवश्यक प्राविधिक पृष्ठपोषण प्रदान गरिएको थियो ।
कृषकको खेतबारीमै विज्ञ टोली पुगेर समस्या बुझ्दा कृषकहरू उत्साहित देखिएका थिए । कार्यालयका अनुसार यस्तो संयुक्त अनुगमनले अनुसन्धान, प्रयोगशाला र फिल्डको प्राविधिक ज्ञानलाई एकै ठाउँमा जोडेर कृषकलाई छिटो, प्रभावकारी तथा व्यवहारिक सेवा दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कृषि विकास कार्यालय, तनहुँले आगामी दिनमा पनि जिल्लाका अन्य पालिकाहरूमा यस्ता स्थलगत प्राविधिक सेवा अभियानलाई निरन्तरता दिने जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker