खत्रीखोलामा पक्कि पुल

तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलस्थित भानु मार्गको खत्रीखोलामा निर्माणाधिन पक्कि पुल । वर्षायाममा बाढी आउँदा खोलामा निर्माण गरिएको कचवेपनि भत्काइदिदा सवारी साधान तथा पैदालयात्री समेत वरपार गर्न नसक्ने अवस्था सृजना भएपछि नगरपालिकाले चालु आर्थिक वर्षको हिऊँदे अधिवेशनबाट ३२ लाख रुपैयाँ बजेट विनियोजन गरी पुल निर्माण कार्य अगाडि बढाइएको थियो। पुल निर्माण कार्य अन्तिमचरणमा पुगेकाले केहीदिनमा भानु मार्ग पूर्णमा सञ्चालनमा आउने बताइएको छ । तस्विर : भञ्ज्याङ