सत्यशक्ति दैव्यूको प्रतिमा प्रतिस्थापन
भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारको सत्य शक्ति दैव्यू भगवानको मन्दिरमा सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन कार्यक्रम गरिएको छ । सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापनको ८औं वर्ष प्रवेश गरेको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरुले पुजापाठ, भजन किर्तन गरेको बताइएको छ । उक्त अवसरमा भक्तजनहरुले वस्त्रदेखि भोजन उपलब्ध तथा व्यवस्थापन गरिएको थियो । मन्दिरमा दैनिक पुजा हुने, कार्तिक पुर्णिमाका दिन सत्य शक्ति दैव्यु भगवानको जन्मोत्सव मनाउने, प्रत्येक बर्ष चैत १ गते सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन दिनलाई उत्सवको रुपमा मनाउने गरिएको मन्दिरकी संरक्षक लक्ष्मी बाँनियाले जानकारी गराइन् ।










