व्यासले पूर्व स्वीकृती बेगर गरिएको खर्चको भुक्तानी नदिने !
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी नदिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सोमबार प्रेस विज्ञप्ती मार्फत पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी दिन कार्यालय बाध्य नरहेको जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नागिलाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ (१) अनुसार अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हुँदैन भन्ने प्रावधान उल्लेख भएको र्सवविदितै छ ।’

अधिकार प्राप्त अधिकारीको खरिद आदेश एवं खर्चको पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी नदिइने उनले बताएका छन् ।










