स्वस्थ्य सामग्री लिएर गृह जिल्ला आएका युवा नेता पौडेलले माक्स अभियान चलाउने

राजकुमार आले/दुलेगौंडा

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले कोरोना कहरमा गृह जिल्लाका विभिन्न अस्पताल तथा स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाइरस कोभिड १९ बाट प्रभावित जिल्लावासीलाई कोरोनाबाट थप सजग र सुरक्षित गराउन मास्क अभियान अन्तर्गत विभिन्न स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला आएका हुन ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले भानु नगरपालिकालाई दुई थान, शुक्लागण्डकी नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन् । जिल्ला अस्पताल दमौलीलाई ५० थान पिपिईसहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । त्यसै गरी खैरेनीटार स्वास्थ्य चौकी दुलेगौँडा, शहीद फुलबारी अस्पताल साँखे र वडा नं ८ को आइसोलेसनका लागि पनि पिपिई, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन् ।

त्यस्तै नेता पौडेलले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटालाई ४ थान अक्सिजन कन्सन्ट्रेटर, २५ थान पिपिई, मास्क, औषधी, पञ्जा फेस शिल्ड, स्यानीटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । पौडेलले उक्त सामाग्री अस्पताल वोर्डका सदस्य शेषमणी आचार्य र अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

सोक्रममा नेता पौडेलले मास्क अभियान भन्नाले मास्क वितरणको कार्यक्रम मात्र नभएर जनस्तरमा चेतना विकासको काम गर्ने बताए । उनले मास्क किन लगाउने , कोभिडबाट जोगिन के के गर्ने जस्ता सचेतना जगाउने उद्धेश्यले मास्क अभियान शुरु गरिएको बताउँदै यो अभियानमा पार्टीपंक्ती, वडाका स्वयम् सेवक, क्लबका सदस्यहरुलाई परिचालन गरिने बताए । मास्क अभियानले जनस्तरमा चेतना विकास गर्छ भने अस्पतालहरुलाई चिकित्सकीय सुविधा प्रदान गर्न प्रभावकारी बनाउँछ भन्ने विश्वास उनले गरे । नेता पौडेलका अनुसार विभिन्न सहयोगी संस्था र व्यक्तिहरुबाट सहयोग संकलन गरेर स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । नेता पौडेलले जिल्लावासीलाई पुग्ने गरी फेरि ३ लाख मास्क ल्याउने समेत बताए ।

अस्पतालका बोर्ड सदस्य शेषमणी आचार्यले अहिलेको कोरोना महामारीमा जसले जे सकिन्छ त्यहि सहयोग गर्नुपर्ने बताउँदै अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेता पौडेललाई धन्यवाद दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले आफुहरु कठिन अवस्थासंग जुधिरहेको र विभिन्न संघ संस्था र व्यक्तिहरुबाट सहयोग आउनेक्रम पनि रहेकाले कोभिड विरुद्ध लड्न थप हौसला मिलेको बताएका थिए ।

जिल्लाका स्थानीय तहहरुको संयुक्त प्रयासले आइसोलेसन भवन बन्यो, यसले संक्रमित राख्न निकै सजिलो भएको छ, अक्सिजनप्लान्ट निर्माण प्रक्रियाको अन्तिम चरणमा छौ उनले भने । डा. श्रेष्ठका अनुसार शनिबारसम्म जिपी अस्पतालको आइसोलेसनमा २२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । उनीहरु सवैलाई अक्सिजन दिएर उपचार गर्नु पर्ने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker