चाडपर्व लक्षित बजार अनुगमन : तीन लाख बढीको सामान नष्ट

बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिनुभयो । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि दसैँको बिदा हुने अघिल्लो दिनसम्म बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

त्यसक्रममा पकाएर खाने झिलिङ्गा, आलुचप, ललिपपजस्ता तारेका र भुटेका खानेकुरामा ‘फुड कलर’ भनेर चिनिने ‘कोलटार’ रङ प्रयोग गर्नेलाई चेतावनीसहित यस्ता कार्य नगर्न भनिएको थियो । यस्तै व्यवसाय दर्ता तथा नवीकरण नगरेका, मूल्यसूची नराखेका, म्याद गुज्रिएका सामान प्रयोग गरेका, लेबल स्पष्ट नभएका सामान बिक्री वितरण गर्ने व्यावसायिक फर्मलाई रु तीन हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको डिभिजन प्रमुख आचार्यले जानकारी दिनुभयो । “असोज पहिलो सातादेखि नै बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको

करिब रु डेढ लाख बराबरको मासु तथा झिलिङ्गा बरामद गरी नष्ट गरिएको छ । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको क्षेत्र नवलपुरको विनयी त्रिवेणीसम्म बजार अनुगमन गरिएको थियो । “ त्यस अवधिमा नवलपुरका निजी तथा सामुदायिक विद्यालयमा सञ्चालित क्यान्टिन सञ्चालकलाई तालिमसमेत प्रदान गरिएको थियो ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा रहेका होटल, खाजाघर, गोरखामा रहेका पानी उद्योग र बेकरी उद्योग अनुगमन गरियो । त्यसक्रममा म्याद गुज्रिएका सामान नष्ट गर्‍यौँ”, डिभिजन प्रमुख आचार्यले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker