साहारा बिहिन देवघाटकी माया गुरुङले ७३ वर्षको उमेरमा पाइन नेपाली नागरिकता

  • भञ्ज्याङ समाचारदाता (दमौली)

साहारा बिहिन अवस्थामा जंगलको बीच झ्याल ढोका समेत नभएको टहरोमा बस्दै आएकी एक वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । तनहुँको देवघाट गाउँपालिका-३ नाल्बुङ्गकी ७३ वर्षीया एकल महिला माया गुरुङले नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । वरपर गाउँबस्ति समेत नभएको र जंगलको बीचमा बस्दै आएकी मायालाई गाउँपालिकाको पहलमा नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो ।

सुस्त मनस्थिति तथा उमेर पुगेपनि नागरिकताको प्रमाणपत्र नहुँदा राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तासमेत लिन नपाएकी मायालाई प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार उनकै घरटहरोमा पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् ।

‘गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाबाट उहाँको अवस्था बारे जानकारी भयो, टोली पठाएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन आग्रह गर्नु भएको थियो’, प्रजिअ आचार्यले भने, ‘अहिले कोभिड-१९ का कारण टोली पठाउन सहज अवस्था नभएकाले गाउँपालिकालाई सबै कागजपत्रहरु तयार गर्न भनि आफै उहाँको घरमा पुगेर वंशजका आधारमा नागरिकता प्रमाणपत्र उपलब्ध गराएको छु ।’

माया गुरुङको नागरिकता प्रमाणपत्र नं. ४३-०१-७७-०२०९६ रहेको छ । जन्ममिति २००४ भदौ २० गते र बुबाको नाम मन बहादुर गुरुङ, आमाको नाम समुन्द्र गुरुङ उल्लेख गरिएको छ । उनि साहारा बिहिन अवस्थामा बस्दै आएकी छन्।

‘उहाँको अवस्था दयनीय रहेछ, मान्छे देख्दा डराउने, घरबाट कतै ननिस्कने, सानो घर त्यो पनि भुकम्पले भत्काएको हुँदा सानो झुपडीमा बस्दै आउनु भएको रहेछ’, प्रजिअ आचार्यले भने, ‘नागरिकता नहुँदा भुकम्पको लाभग्राही सूचिमा परे पनि लाभ लिन पाउनु नभएकाले नागरिकताको प्रमाणपत्र उपलब्ध गराएसंगै आजै भुकम्प लाभग्राही सूचिमा सूचिकृत गरी घर निर्माणका लागि सम्झौता पनि गरिएको छ ।’

तनहुँको देवघाट गाउँपालिका-३ नाल्बुङ्गकी ७३ वर्षीया माया गुरुङ बस्ने टहरो । तस्विर : भञ्ज्याङ

हिड्डुल गर्ने, घाँस काट्ने जस्ता काम गर्ने गरेपनि उहाँको सुस्ता मनस्थितिका कारण आफुले के काम गरिरहेको छु भन्ने हेक्का नहुने, मान्छे देख्दा डराउने, कसैसंग बोल्चाल नगर्ने, जंगलको बीचको एउटा टहरोमा दयनीय अवस्थामा उहाँ बस्दै आउनु भएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

‘स्थानीय गंगासिं बिकबाट माया गुरुङको विषयमा जानकारी भएपछि उहाँलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन पहल गरे’ अध्यक्ष थापाले भने, ‘नागरिकताको प्रमाणपत्र प्राप्त गरेसंगै अब उहाँको दैनिकी सहज हुने छ ।’

‘२०७२ सालको गोरखा भुकम्पबाट उहाँको घर भत्किएको थियो । नागरिकता पाएसंगै अब घर पनि बन्ने छ भने आगामि माघ महिनाबाट सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुने छ’, अध्यक्ष थापाले भने, ‘नागरिकतासंगै उहाँलाई अल्टिमेट वटार एडभ्यान्चर प्रालिका अध्यक्ष लेखनाथ पौडेलले आवश्यक लत्ताकपडा, खाद्यन्न लगायतका वस्तु उपलब्ध गराउनु भएको छ भने विभिन्न संघसंस्थाहरुले राहत उपलब्ध गराउने वचन दिनुभएको छ । अब उहाँको दैनिकी सहज बन्छ ।’

अल्टिमेट वटार एडभ्यान्चर प्रालिका अध्यक्ष लेखनाथ पौडेलले आवश्यक लत्ताकपडा, खाद्यन्न लगायतका वस्तु उपलब्ध

त्यस्तै, अपाङ्ग, बेसाहारा र जंगलको बीचमा बस्दै आएकी मायाको हेरचाहका लागि समिति समेत गठन गरिएको छ । स्थानीय गंगासिं विकको संयोजकत्वमा माया गुरुङ हेराचाह समिति, देवघाट-३, तनहुँ गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बतए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker