नवौं आदर्श कपको उपाधि थर्पुले जित्यो

भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाको मनहरीमा आयोजित नवौं आदर्श तथा चौथो तारा स्मृति कपको उपाधि थर्पु युवा क्लब (ए)ले जितेको छ । शनिबार भएको फाइनल खेलमा दोभान युवा क्लबलाई पराजित गर्दै आदर्श कपको उपाधि थर्पुले चुमेको हो ।

खेलको एक मिनेटमै गोल गरी अग्रता लिएको थर्पु युवा क्लबलाई दोभानले दोस्रो हाफको १३ मिनेटमा गोल गरेर खेललाई बराबरमा ल्याएको थियो। निर्धारित समयमा दुवै टिमबाट एक/एक गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरबाट थर्पु ३-२ को अन्तरले विजयी भएको हो ।

विजयसँगै थर्पु युवा क्लबले नगद एक लाख एक रुपैयाँ, मेडल र ट्रफी जितेको छ भने उपविजेता दोभानले नगद ५० हजार एक रुपैयाँ, मेडल र ट्रफीमा चित्त बुझाएको छ । यस्तै, शनिबारै भएको सेमिफाइनल खेलमा इगल एफसीलाई २-१ ले पराजित गर्दै थर्पु युवा क्लब (ए) फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै थर्पु युवा क्लब (बि) लाई ५-० ले पराजित गर्दै दोभान युवा क्लवले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष गौरवराज रानाले जानकारी दिए ।

यस्तै, प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अनुशासनको पाठ खेलबाट सिक्नुपर्ने बताएका छन् । चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको समापन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गरे ।

खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उनको भनाई थियो । खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिए । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker