“छरछरे झरना”को प्रचारप्रसारका लागि महोत्सव आयोजना

भञ्ज्याङ समाचामरदाता (देवघाट)

गण्डकी प्रदेशकै उत्कृष्ट छरछरे झरनाको प्रसार प्रसार गरी पर्यटन बिकास गर्ने उद्देश्यले दोस्रो छरछरे झरना महोत्सव-२०७७ गरिने भएको छ । तनहुँको देवघाट गाउँपालिका वडा नं. १ र २ को सिमानामा रहेको छरछरे झरनाको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको हो । छरछरे झरना पर्यटन विकास संस्थाले यही फागुन २१ र २२ गते महोत्सवको आयोजना गरी झरनाको प्रचार प्रसारमा टेवा पुर्‍याउने तयारी गरिएको विकास संस्थाका अध्यक्ष थम बहादुर झ्यारी मगरले बताए ।

काली नदीको किनारमा अवस्थित एकान्त, रमणीय, हरियाली र अत्यन्त मनमोहक छरछरे झरना प्रचारप्रसारको नहुँदा ओझेलमा परेको अध्यक्ष मगरले बताए । उनले भने, ‘यो महोत्सवले झरना प्रचारप्रसारमा टेवा पुर्‍याउनका साथै झरना वरापरा केही पूर्वाधार बिकासका लागि पनि मद्दत गर्ने आशा गरेका छौं ।’

‘जनजातिहरुको बहुल्यता रहेको यस क्षेत्रमा महोत्सवबाट उनीहरुको संस्कृति, परम्पराको पनि प्रसार प्रसार गर्ने अवसर मिल्नेछ’, उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरु, स्थानीय स्तरमै पाउने प्रकारहरु प्रस्तुत गर्ने छौं । नयाँ ठाउँबाट आउने दर्शकहरुले यहाँका गिठ्ठा, भ्याकुर, तरुल, सिस्नो, काउनी, सामा लगायतका खानाका परिकार पस्कने छौं।’

प्रथम छरछरे झरना महोत्सवबाट झरना वरापरा सुइमिङ्ग पुल निर्माण गरिएको र दोस्रो महोत्सवको आमदानीबाट त्यसको मर्मतसम्भार र थप पुर्वाधारहरु थप्ने योजना रहेको उनले बताए । अध्यक्ष मगरले भने, ‘हामीले यस झरनामा क्यानोनिङको सफल परीक्षण पनि गरेका छौं। यो महोत्सवपछि क्यानोनिङका लागि झरना माथीसम्म पुग्ने सिडी पनि निर्माण गर्ने सोच राखेका छौं ।’ झरना कालिगण्डकीको तिरमै रहेको हुँदा नदीबाट कटान हुनबाट जोगाउन परखालको निर्माण गर्ने तयारी गरिएको छ ।

यस्तै, महोत्सवले वडा १ स्थित गोपिटार होमस्टे र वडा २ मा रहेको करादिप होमस्टेको पनि प्रचारप्रसारमा टेवा पुग्ने बताइएको छ । ‘यस महोत्सव पछि स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्ने पनि हाम्रो लक्ष्य रहेको छ’, गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले भने, ‘मेसो भएका अन्तरिक पर्यटकहरु त झरना हेर्न आइनै रहनुहुन्छ, तर भोलिका दिनमा १ देखि २ सयसम्म पर्यटकहरु एकै दिनमा झरना अवलोकनका लागि आउनुभयो भने स्थानीयले गाउँमै बसि रोजगरी पाउने अवस्था बन्द छ ।’ अध्यक्ष थापाले भने, ‘यस ठाउँको प्रचारप्रसार संगसंगै स्थानीय दाजुभाई दिदीबहिनी रोजगारीका लागि अयन्त्र जानुपर्ने स्थितिको अन्त्य हुने हामीले देखेका छौं ।’ उक्त महोत्सवको गण्डकी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker