भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव फेला परेको छ भने चार हजार ८ सय ९८ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४ सय ८९ पुरुष तथा ५ सय १ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अझै चार हजार ८ सय ९८ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ४ सय ४८, महिला ४ सय ८२, फोनमा टिपाइएका एक हजार ३ सय ५० तथा विदेशी नागरिकतर्फ पुरुष २ सय ७४ र महिला ३ सय ४४ जना रहेका हरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार ३० शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि हालसम्म आठ हजार ६ सय ३१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ६ सय ५५ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको हरी नायब महानिरीक्षक काफ्लेले बताए । यसैगरी मृतक एक हजार २ सय ६० जना तथा मृतकका आफन्त ९ सय ७२ जना गरी दुई हजार २ सय ३२ जनाको डिएनए नमुना सङकलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डिएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker