व्यास नगरपालिकामा १३ करोड लागतमा जग्गा एकीकरण आयोजना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका जग्गा एकीकरण आयोजना अगाडि बढाएको छ । वडा नं. १० को बैरेनीमा १३ करोड रुपैयाँको लागतमा जग्गा एकीकरण आयोजना अगाडि बढाएको हो ।

नगरपालिकाले बिहीबार भूमि पुजन गरी उक्त आयोजनाको सुरुवात गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच भूमि पुजन गरेपछि आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको हो ।

आयोजनाको पहिलो चरणमा करिब २६१ रोपनी क्षेत्रफलमा आयोजनाको निर्माण कार्य शुरु गरिने भएको छ । नगर विकास कोषबाट ७० प्रतिशत र ३० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी आयोजना संचालन गर्न लागेको बैरेनी जग्गा एकीकरण आयोजना प्रमुख रबिन्द्र लाल मूलले बताए । उनका अनुसार आयोजनाको अनुमानित लागत १३ करोड ७२ हजार १६५ रुपैयाँ छ ।

कूल ३५१ कित्ता र २५० जना लाभग्राही रहने बैरेनी जग्गा एकीकरण आयोजनाको ऋण जग्गाधनीहरुले पूर्वाधार निर्माणका लागि गरेको योगदानबाट छुट्टाइएको सेल्स प्लट बिक्री गरी चुक्ता गरिने बताइएको छ ।

आयोजना कार्यान्वयनका लागि आयोजनाको मस्यौदा योजना तयार गरी शहरी विकास मन्त्रालयमा पेश गरिएकोमा नेपाल सरकारबाट स्वीकृत भई फागुन २ गतेको राजपत्रमा प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको बताइएको छ ।

जग्गा एकीकरण आयोजना व्यवस्थित शहरी विकासका लागि व्यास नगरपालिकाद्वारा २०७७ माघ महिनामा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल -एनसेट)को प्राविधिक सहयोगमा संचालन गर्ने निर्णय अनुरुप गण्डकी प्रदेशमै पहिलो पटक प्रारम्भ गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए ।

आयोजनाको हाल कार्यान्वय चरणमा प्रवेश गरेको हुँदा आयोजनाको सम्पन्नको लागि भूमि पुजन कार्यक्रम आयोजना गरिएको नगरप्रमुख न्यौपानेले बताए । हाल आयोजनाको प्रारम्भिक चरणको जग्गा सम्याउने तथा रिटेनिंग वाल निर्माण गर्ने कार्यका लागि ठेकेदार छनोट भई निर्माण कार्य सुरु गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker