मनकामना दर्शनका लागि हिडेकाे बस दुर्घटना, ५ जनाकाे मृत्यु, ३० जना घाईते

भञ्ज्याङ न्यूज

नवलपरासी । पाल्पाकाे रामपुर हुगिबाट मनकामना दर्शनको लागि जादै गरेको बस नवलपुरकाे बुलिङ्गटार-२, डाडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाकाे घटना स्थलमै निधन भएकाे छ ।

ना ६ ख ७५८० नं. को बस दुर्घटनामा पर्दा बसमा सवार ३५ जना मध्य ५ जनाकाे निधन भएकाे र बाँकी ३० जना सबै घाईते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

बस सडकबाट १०० मिटरतल खसेकाे र अहिले उद्धार कार्य भइरहेको र थप जानकारी आउने क्रममा रहेको प्रहरीले जनाएकाे छ ।

घटनाकाे विस्तृत विवरण आउन बाँकी छ । मृतककाे पहिचान हुन बाँकी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker