जनज्योतिको १९औँ क्याम्पस सभा : दीर्घकालीन विकास, शैक्षिक सुधार र संस्थागत स्थायित्वका विषयमा छलफल

भिमाद : जनज्योति क्याम्पसको १९औँ क्याम्पस सभा आज विविध दीर्घकालीन महत्वका विषयमा छलफल तथा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न सभामा क्याम्पसको शैक्षिक, भौतिक तथा समग्र संस्थागत विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।

सभामा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वार्षिक प्रतिवेदन, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले क्याम्पस सुधार योजना, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य–सचिव लक्ष्मी श्रेष्ठले समितिको प्रतिवेदन तथा आन्तरिक शैक्षिक परीक्षण समितिका सदस्य–सचिव जनकराज श्रेष्ठले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै आवश्यक सुझावसहित अनुमोदन गरिएको क्याम्पसले जनाएको छ।

सभामा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल तथा सभासद विष्णु खनाल लगायतले मन्तव्य राख्दै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक सुझाव र शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।

सभामा क्याम्पसका आजीवन सल्लाहकार, सल्लाहकार, आजीवन सदस्य, सञ्चालक समितिका संस्थापक तथा पूर्व सदस्य, विभिन्न उपसमितिका संयोजक एवं सदस्य, प्राध्यापक तथा कर्मचारी, विद्यार्थी प्रतिनिधिलगायत क्याम्पस सभा सदस्यहरूको उपस्थिति रहेको थियो।

संस्थागत स्थायित्वबारे लघु अनुसन्धान सार्वजनिक

१९औँ क्याम्पस सभाको अवसरमा जनज्योति क्याम्पसका प्राध्यापकहरूको सक्रियतामा गरिएको “जनज्योति क्याम्पस संस्थागत स्थायित्व : एक बहुआयामिक अध्ययन” शीर्षकको लघु अनुसन्धान तथा अनुसन्धान प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ।

सभामा उक्त अनुसन्धानबाट प्राप्त निष्कर्ष तथा सुझावबारे जानकारी गराउँदै क्याम्पसको संस्थागत स्थायित्व, शैक्षिक गुणस्तर र दीर्घकालीन विकासका लागि अनुसन्धानमा प्राप्त सुझावलाई उपयोग गर्ने विषयमा समेत छलफल गरिएको थियो।

सभाले क्याम्पसको आगामी यात्रा थप व्यवस्थित, गुणस्तरीय र परिणाममुखी बनाउने आधार तयार गरेको जनाइएको छ। प्राप्त सुझावलाई समेट्दै शैक्षिक, भौतिक तथा समग्र विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker