डुम्रे साँस्कृतिक युवा परिवारको अध्यक्षमा बिक्की
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेको डुम्रे साँस्कृतिक युवा परिवारको १४औं अधिवेशनले बिक्की गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अधिवेशन आयोजक समितिका संयोजक महेन्द्र शाहीको अध्यक्ष्तामा आयोजित अधिवेशनले युवा परिवारको पदेन सदस्यमा निवर्तमान अध्यक्ष कैलाश श्रेष्ठ, उपाध्यक्षमा शम्भु श्रेष्ठ, सचिवमा इश्वर नेपाल, कोषाध्यक्षमा सुनिता शाही चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा रोमन श्रेष्ठ, अभिजेश पिया, डा. प्रज्वल पियार्, इन्जिनियर अनमोल पिया, सुरज बानिया, ध्रुवकुमार श्रेष्ठ र आशिष सुनार चयन भएको पूर्व अध्यक्ष राजेन्द्र पियाले जानकारी दिए ।
युवा क्लवको गत असोज २० मा भएको १४औं अधिवेशनमा विभिन्न पदमा सहमति नभएपछि ६ महिना पछि सर्वसम्मत भएको हो । युवा परिवारले विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक कार्य, खेलकूद गतिविधि लगायतका कार्यहरु गर्दै आईरहेको छ ।










