‘मौनता तोडौ, लैङ्गिक हिंसा विरुद्ध बोलौं’

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन तनहुँको दमौलीमा निकालिएको र्यालीमा सचेतनामूलक नारा लेखिएका प्लेकार्ड सहित सहभागि भएका किशोरीहरु । व्यास नगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा शनिबारबाट अभियान सुरु गरिएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










