घुस रकम सहित विद्युत कार्यालयका प्रमुख पक्राउ

भञ्ज्याङ न्यूज

घुस रकम सहित तनहुँका एक कार्यालय प्रमुख पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनी प्र. शाखा कार्यालयका प्रमुख कृष्णबहादुर आले मगर घुस रकम सहित रंगेहात पक्राउ परेका हुन्।

आले मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार ५ हजार रुपैयाँ घुस रकम सहित उनकै कार्यकक्षाबाट रङ्गेहात पक्राउ गरेको आयोगका सुचना अधिकृत मेघनाथ रिजालले जानकारी गराएका छन् ।

सोमबार एउटा गाडीले आँबुखैरेनी स्थित सडक छेउको एउटा विद्युत पोललाई ठक्कर दिई ढलाए पछि उक्त पुलको मर्मतका लागि अतिरिक्त शुल्क माग गरेको अधिकृत रिजालले बताए ।

उनले भने, ‘ढलेको विद्यतुको पोल मर्मत पश्चात बिलबाहेक अतिरिक्त रकम मगरले मागेका रहेछन्। गाडीवालाले धेरै रकम दिन नसक्ने भन्दै ५ हजार रुपैयाँ दिदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।’

मगरलाई हाल अख्तियारको टोलीले नियन्त्रणमा लिई एक महिनाभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा मुद्दा जाहेर गर्ने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker