बन्दिपुरको डुम्रे बजारलाई व्यवस्थित बनाउन स्थानीयले सक्रियता बढाए

डिपी अधिकारी डुम्रें

तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाको व्यापारीक केन्द्रका रुपमा रहेको तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित डुम्रे बजारलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दाले सक्रियता देखाउन थालेका छन् । पृथ्वीराजमार्गसंगै रहेको डुम्रे बजार क्षेत्र अव्यवस्थित रुपमा यातायातका साधान सञ्चालन तथा पार्किङ्ले असुरक्षित बन्दै गएको भन्दै स्थानीयले बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन सक्रियता देखाएका हुन् ।

ब्यापारिक केन्द्र समेत रहेको डुम्रे बजार चाडवाड नजिकिएसँगै भिडभाड बढेको छ । सवारी साधानको ब्यवस्थित पार्किङ स्थल नभएकाले डुम्रे बजार अब्यवस्थित बनेको स्थानीयको गुनासो बढ्दै गएको छ । बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा सरोकारवालाहरु बीच बिहीबार भएको छलफलले विभिन्न निर्णय गरिएको वडा अध्यक्ष भानुभक्त पोख्रेलले बताए।

वडाअध्यक्ष पोख्रेलका अनुसार ब्यापारीहरुलाई पेटीमा सामान राखी बिक्रीवितरण नगर्न, ठेलागाडालाई उपयुक्त ठाउँमा ब्यवस्थापन गर्न, बजार क्षेत्रमा प्लास्टिकको डिभाइडर राखी सवारी पकेट क्षेत्र र सवारी आवागमन ब्यवस्थित बनाउन, निजी सवारीलाई बजारमा पार्किङ गर्न नपाउने साथै पार्किङको ब्यवस्थापन आँफैले गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले ग्यारेजमा राखिएका सवारीलाई ब्यवस्थित बनाउने, हलुका सवारीलाई चिसापानीमा पार्किङ गर्न लगाउने, चन्द्रावती चोकमा रहेको बसपार्कलाई फिल्महल विजयपथमा स्थानान्तरण गर्ने, सबै बैंक तथा वित्तीय संस्थाका सवारीलाई पनि फिल्महल विजयपथमा पार्किङको ब्यवस्था गर्ने बजारको अनुगमन तिब्र पारी उपभोक्तको हितमा रही कार्य गर्ने निर्णय भएको वडाअध्यक्ष पोख्रेलले जानकारी गराए ।

बजार क्षेत्र अव्यवस्थित भएपछि वडा नं. १ ले आयोजना गरेको उक्त छलफल तथा बैठकमा सहभागि गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बजार क्षेत्रको पृथ्वी राजमार्गमा सडक भत्किएर जिर्ण भएकोहुँदा धुलोले कुइरिमण्डल बनेको भन्दै बजारबासीको गुनासो आउने गरेको बताए । पृथ्वी राजमार्गको डुम्रे क्षेत्रमा भत्किएको सडक तत्काल मर्मत सुधारका लागि सडक कार्यालयसंग अनुरोध गर्ने र यदि समयमै यस तर्फ ध्यान नदिएमा सडक कार्यालय घेर्न जाने समेत अध्यक्ष थापाले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षयतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोखरेल, पृथ्वी राजमार्ग बस संचालक समितिका सल्लाहकार घनश्याम श्रेष्ठ, उघोग वाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजि श्रेष्ठ, भानु इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश भुसाल, तनहुँ ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम बहादुर रानाभाट, डुम्रे बजार इकाई अध्यक्ष नेक मियाँ, टोल विकास संस्थाका अध्यक्ष, यातायात व्यवसायी, मजदुर संघसंस्थाका प्रतिनिधि, ठेलागाडाका प्रतिनिधि, स्थानीय व्यापारीहरु लगायतका सहभागिता रहेको थियो ।

यस्तै, तनहुँ ट्राफिक प्रहरी प्रमुख रेशम बहादुर रानाभाटले सबैले निर्णय गरे ट्राफिक प्रहरीले भोलिबाट बजार क्षेत्रमा यातायातको व्यवस्थापन गर्न लागि पर्ने बताए । उनले बाटोमा ट्राफिक प्रहरी चिट काट्न बसेको नभई तपाई हाम्रो सुरक्षाका लागि ट्राफिक व्यवस्थापनमा खटि्टएको हो। त्यसैले सबैले ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित व्यवस्थित बजार बनाउन स्थानीयको भूमिका महत्वपर्ण हुने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker