नेपाली कांग्रेस बन्दिपुरको बैठक सम्पन्न

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
नेपाली काँग्रेस बन्दिपुर गाउँपालिका कार्यसमितिको बैठक मंगलबार बन्दिपुरमा सम्पन्न गरेको छ । गाउँपालिकाका सभापति कर्णबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा पछिल्लो समय घटेका घटना तथा अन्य विषयमा छलफल गरेको बताइएको छ ।
उक्त बैठकले गत १७ गते दमौलीमा पुल उद्घाटन कार्यक्रमका विषयमा भएको विवाद र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको प्रहरी धरपकडको घटनाको निन्दा गर्दै उक्त घटना लोकतान्त्रिक गणतन्त्रप्रतीको धब्बाको रुपमा लिइएको जनाइएको छ । यस्तै, बैठकले यही मंसिर २९गते दमौलीमा हुने विरोध कार्यक्रमका विषयमा पनि आवश्यक छलफल र निर्णय गरिएको बताइएकोछ । बैंठकमा जिल्ला संयोजक अशोककुमार श्रेष्ठ, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायत जिल्ला, क्षेत्र एवं पालिका स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।