बन्दीपुर–१ मा ‘कपडा बैंक’

तनहुँको बन्दीपुर गाउँपालिका–१ मा ‘कपडा बैंक’ सञ्चालन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठ । क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रममा ४४२ जना चेपाङ समुदाय तथा विपन्न परिवारलाई कपडा वितरण गरिएको थियो । वडा कार्यालय परिसरमा स्थापना गरिएको कपडा बैंकमा प्रयोगमा नआएका कपडा तथा झोला संकलन गरी संकलित सामग्रीलाई रिसाइकल गरी पुनः प्रयोगयोग्य बनाइ आवश्यकतामा रहेका व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने भएको छ । कपडा बैंकले विपन्न समुदायसम्म घरघरमै पुगेर कपडा वितरण अभियानसमेत सञ्चालन गरिरहेको बताइएको छ । तस्विर : भञ्ज्याङ










