चर्चामा बुद्धसिं मार्ग : ट्रयाक खनेको ३० वर्ष नाघ्यो, न सडकको स्तरोन्नती भयो न त घुमाउनेघाटमा पुल बन्यो !

भञ्ज्याङ समाचारदाता/तनहुँ

जब पृथ्वीराजमार्ग अवरुद्ध हुन्छ तब चर्चा चलन थाल्छ बुद्धसिं मार्गको छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा चर्चा हुनेगरे पनि सडकको ट्रयाक खनेको करिब ३० वर्षनाघेपनि यसको स्तरोन्नती हुन सकेको छैन ।
मनसुनी वर्षासंगै सुख्खा पहिरो झर्दा गत शनिबार मध्यरातदेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा यात्रुले सास्ति झेल्नु परेको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला पुल आडमा गएको पहिरो हटाएर आइतबार साँझ करिव ६ बजेमात्रै खुल्यो ।
यस्तै, गत बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरूद्ध भएको उक्त सडक दिउँसो १ बजेदेखि २८ घण्टा रोकिएर शुक्रबार साँझ ५ बजेबाट मात्र खुलेको थियो । अति व्यस्त रहने यो सडकखण्डको मुग्लिङनजिक पर्ने तुइन खोलाआडको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो ।
यसरी पहिरोका कारण घण्टौंघण्टा सवारी आवगमन अवरुद्ध हुँदा यात्रुहरुले साूस्ति झेल्दै आएका छन् । यति मात्र होइन अहिले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-पोखरा खण्ड बिस्तार कार्य भइरहेको छ । सडक विस्तारका कारण पानी पर्न साथ हिलाम्मे हुने र पहिरो जाँदा यो खण्ड पार गर्न पनि यात्रुहरुले लामो समय खर्चदै आएका छन् ।
पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा लिइएको बुद्धसिं मार्गको समयमा स्तरोन्नती गर्न सरोकारवाला निकायले चासो नदेखाउँदा राजमार्ग अवरुद्ध हुँदा बुद्धसिंह मार्गको चर्चा हुने गर्छ । तर, यो मार्गको स्तरोन्नती हुन सकेको छैन ।
२०४८ सालमा सदरमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसंग जोड्ने उद्देश्यका साथ स्थानीयकै सक्रियतामा सडकको ट्रयाक खनिएको थियो । बर्षोनी बर्खाको समयमा बुद्धसिंह मार्गलाई बैकल्पिक मार्गको रुपमा सम्भिmने गरिएपनि स्तरोन्नती गर्न भने कुनैपनि निकायले चासो दिएको देखिदैन ।
पोखरा-डुम्रे-आँवुखैरेनी-मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंहमार्ग हुँदै घुमाउनेघाट निस्किएर नारायणगढ पुग्न करिब २३ किलोमिटर दुरी छोटो पर्छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसंग जोड्ने सबैभन्दा छोटो दूरीका रुपमा यो मार्गलाई लिने गरिएको छ ।
बुद्धसिं मार्गलाई पृथ्वीराजमार्गसंग जोड्नका लागि घुमाउनेघाटमा मोटरेवल पुलको आवश्यकता छ । तर घुमाउनेमा पुल निर्माण थालिएको करिव १० वर्षसम्म पनि पुलको आधा काम पनि सक्किएको छैन ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ स्थित घुमाउनेघाटमा त्रिशूली नदीमाथि पुल निर्माणका २०७० असार २८ गते सम्झौता भएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर विकेश लागेले बताए । उनका अनुसार २०७८ चैत्र ३० गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, पुल सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय बितिसक्दापनि जम्मा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। पुल निर्माण स्थलमा दुवैतर्फ दुइ वटा पिल्लरको जग हाल्ने बाहेक अन्य काम हुन सकेको छैन ।
पुल निर्माणका लागि हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीसंग ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । हालसम्म निर्माण कम्पनीलाई २ करोड ८३ लाख रुपैयाँ भुक्तानी दिइएको कार्यालयले जनाएको छ । कम्पनीले घुमाउनेमा १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल आधुनिक ‘आर्क’ डिजाइनमा बनाउने जिम्मा लिएको छ ।
यस्तै, सदरमुकाम दमौलीबाट घुमाउनेघाटसम्मको करिब ३२ किलोमिटर दुरीको सडक सेती नदीको किनारै किनार खनिएको छ । गत भदौं २७ गते दमौलीको बसपार्कदेखि सुडेपुलसम्मको १० किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने गरी ठेक्का लागेपनि कामले गति लिन सकेको छैन ।
सडक कालोपत्रेको काम कछुवाको गतिमा भइरहेको बुद्धसिंह मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताए । ‘अहिले मुग्लिङ-पोखरा सडकखण्ड पनि बिस्तारको क्रममा छ । पहिरोका कारण सडक अवरुद्ध छन्’, उनले भने, ‘३२ वर्षअघि ट्रयाक खनिएको बुद्धसिंह मार्गको समयमै स्तरोन्नती गरिएको भए अहिले पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिन्थ्यो र यात्रुले पनि सास्ति झेल्नु पर्थेन ।’
झापा, धरान, बुटवल, भैरहवालगायत तराइदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दी लगायत जिल्ला पुग्न २४ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग अझैपनि प्राथमिकतामा नपर्नु दुःखको कुरा रहेको यात्रु विनय पौडेलले बताए । उनले भने, ‘समयमै यो मार्गको स्तरोन्नती गरेको भए पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्नसकिन्थ्यो । घण्टौं सम्म मुग्लिङ-नारायणगढको जाममा बस्नु पर्दैन थियो ।’
बुद्धसिंह मार्गमा व्यास नगरपालिका, बन्दिपुर, आँबुखैरेनी, देवघाट र ऋषिङ गाउँपालिका गरी ५ पालिका जोडिएका छन्। यो मार्गको १० किलोमिटर सडकखण्ड ३३ महिनाभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने गरी मैनाचुली सफल जेवि, काठमाडौंसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी इ. धनमाया मिश्रले बताइन् । उनले भनिन्, ‘सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का लगाइएको हो, अहिले सडक छेउमा टेवा परखाल उठाउने, नाली बनाउने लगायतका काम भइरहेका छन् ।’
संघबाट ७ करोड बजेट विनियोजन भएपनि यो आर्थिक वर्षका लागि बजेट अपुग हुने र थप माग गर्नुपर्ने उनले बताइन् । उक्त १० किलोमिटरको सडक खण्ड ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपैयाँमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । बुद्धसिंह मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर तनहुँ हाइड्रोपावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker