तनहुँका उत्कृष्ट चार सामुदायिक वन पुरस्कृत

दमौली : डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । वन संरक्षण, सम्वर्द्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरी पुरस्कृत गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट चार सामुदायिक वन समूहलाई आइतबार यहाँ आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

उनका अनुसार देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ । त्यस्तै भानु नगरपालिका–७ स्थित थानीमाइ सामुदायिक वन उपभोक्ता समूह द्वितीय, बन्दीपुर गाउँपालिका–१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय र म्याग्दे गाउँपालिका–५ स्थित साँगुपखेरा सामुदायिक वन उपभोक्ता समूह सान्त्वना भएका छन् ।

पुरस्कृत समूहलाई क्रमशः रु दश हजार, रु आठ हजार, रु पाँच हजार र रु तीन हजार नगद प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले उत्कृष्ट हुने समूहका पदाधिकारीलाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker