परीक्षण कम हुँदा संक्रमण पनि कम

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोभिड-१९ को पिसिआर परीक्षण कम हुँदा संक्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा संक्रमित पनि कम भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा संक्रमण देखिएको छ । आइतबार पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शंका र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले संक्रमित दर घटेको बताउनुभयो । उहाँका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् । सोमबार देखिएका संक्रमितमध्ये ३१७ जना महिला र ५०४ जना पुरुष रहेका छन् । आज थपिएकासँगै मुलुकभरि संक्रमितको अवस्था दुइ लाख ४९ हजार २४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३३३ जना संक्रमित थपिएका छन् । तीमध्ये १४२ जना पुरुष र १९१ जना महिला रहेका छन् ।

संक्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् । भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् । संक्रमितमध्ये सात हजार ३४० जना होमआइसोलेशनमा छन् ।

८४२ निको

संक्रमितमध्ये आज ८४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको संख्या दुइ लाख ३८ हजार ५७३ जना रहेको छ ।

१८ जनाको निधन

संक्रमणबाट बितेको २४ घण्टामा १८ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा संक्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७१६ जना पुगेको छ। नेपालमा संक्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker