“नेपालको इतिहासमा जनयुद्ध” विषयक बक्तृत्वकला प्रतियोगिता

भञ्ज्याङ समाचारदाता/डुम्रे

जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा ‘नेपालको इतिहासमा जनयुद्ध’ बिषयक क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । उक्त प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका स्थित भानुभक्त बहुमुखी क्याम्पसमा बी.एड दोस्रो बर्षमा अध्यनरत हरि खरेल प्रथम भएका छन् ।

प्रतियोगितामा दमौली सेकेण्डरी स्कूलको कक्षा १० मा अध्ययनरत अर्पिता श्रीवास्तव द्वितीय र शहीद कृष्ण क्याम्पसमा बीबीए प्रथम बर्षमा अध्यनरत सुष्मा माकिम तृतीय भएकी छन् । विजेताहरुलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

उक्त कार्यक्रममा शहिद प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष रामबहादुर थापा, जनयुद्व अध्ययन प्रतिष्ठानकी अध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला, निर्णयक समितिका संयोजक दिलीपकुमार श्रेष्ठले विजेताहरुलाई पुरस्कृत गर्दै कार्यक्रमका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष थापाले खोसिएका उपलव्धी प्राप्त गर्नका लागि शसक्त रुपमा जनयुद्धमा होमिनुपरेको बताउँदै क्रान्ति विना विकास र परिवर्तन गर्न नसकिने हुँदा प्राप्त उपलव्धिलाई रक्षा गर्दै अघि बढ्नुको बिकल्प नरहेको चर्चा गरे ।

उक्त प्रतियोगितामा पाँच पालिकाका सात वटा विद्यालय र क्याम्पसका गरी एघार जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिकाका क्याम्पसबाट विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

जनयुद्व अध्ययन प्रतिष्ठानकी अध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सभासदस्य आशा कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपाने, गण्डकी प्रदेश सचिवालय सदस्य सूर्य गौली लगायतले कार्यक्रममा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker