तनहुँको बन्दीपुर-५ का महिलाहरु सामाजिक क्षेत्रमा सक्रिय

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको बन्दिपुर गाउँपालिका-५ कल्चोक र वाचेगाउँ क्षेत्रका महिलाहरु सामाजिक काममा अग्रसरता देखाउन थालेको छ । गाउँको सरसफाई गर्न होस् वा सडकको छेउछाउमा फलफूलका बिरुवा रोप्न होस् आमा समूहमा आवद्द महिलाहरु सक्रिय बनेका वडा सदस्य ठाकुरसिं थापाले बताए ।
‘गाउँघरमा जहाँ सामूहिक समस्या देखिन्छ त्यहाँ आमा समुहलाई सहयोगका लागि बोलाइन्छ हामी त्यहाँ पुगेर सहयोग र काम गर्ने चलन छ’, जनजागृति आमा समूहकी अध्यक्ष सीता थापाले बताइन् ।
विद्यालयको फूलबारी, चौतारो निर्माण, कार्यक्रममा पाहुना सत्कार र नाचगान, मठ-मन्दिर सरसफाइ, वृक्षारोपण आदिमा आमा समूह सक्रिय रहेको दलित प्रगति समूहकी अध्यक्ष विमला विकले जानकारी दिनु भयो ।
बिगतका दिनमा सरस्वती आमा समूहले स्वास्थ्य चौकी नै संचालन गरेको भन्दै महिलाहरु एकजुट हुन सके असम्भव भन्ने कुरा केही नहुने सरस्वती आमा समूहकि अध्यक्ष बलिसरा थापाले बताइन् ।










