तनहुँमा ६१ जना निको भए, ८ जनामा संक्रमित
भञ्ज्याङ समाचारदाता/दमौली
स्वास्थ्य कार्यालय तनहुँले मंगलबार साँझ सार्वजनिक गरेको तथ्याङ्कमा ६१ जना कोरोना संक्रमित निको भएका छन् । वैशाख महिना यता संक्रमित मध्ये १ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएका छन् । यस्तै तनहुँमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
जिल्लाका १० वटै पालिकामा ३ हजार ६९१ जनाको पीसीआर र १ हजार २३९ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ । यी मध्ये १ हजार २८ जना निको भएका छन् । संक्रमणबाट ६६ जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमित मध्ये ४ जनाको एचडियूमा, ३ जनाको आइसियूमा र ७१ जनाको विभिन्न संस्थागत आइसोलेशनमा उपचाररत छन भने १ हजार ८४ जना होम आइसोलेशनमा बस्नै आएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।










