बिभिन्न ब्यक्तिद्वारा पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग

भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघको पत्रकार कल्याणकारी कोषमा सोमबार विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । महासंभको उक्त कोषमा सोमबार १० हजार ५५ रुपयाँ सहयोग संकलन भएको बताइएको छ ।

उक्त कोषमा व्यास-७ पाथ्रा स्थायी ठेगाना भई हाल व्यास ४ नमुना टोल निवासी ८० वर्षीय मुक्तिनाथ न्यौपानेले तीन हजार ५५ रुपयाँ उपलब्ध गराएका छन्। न्यौपानले सरकारले आफुलाई दिएको वृद्धभत्ताबाट खाजा खर्च कटाएर सहयोग गरेको बताएका छन् ।

यस्तै, कोषका लागि व्यास नगरपालिका-१ भादगाउँका नेपाल तरूण दलका नेता सुनिल पन्थले २ हजार रकम हस्तान्तरण गरेका छन् । आफनो सानो सहयोगले पत्रकारको यस कोषमा केही भएपनि थप मद्दत पुग्ने हुँदा सहयोग गरेको बताएका छन् ।

व्यास-४ का युवा व्यवसायी खेम गुरूङले २ हजार पाँच सय सहयोग प्रदान गरेका छन्। पत्रकारको यस अभियानमा सबैको सहयोगले जिल्लाका क्रियाशील पत्रकारहरू बिरामी पर्दा टेवा पुग्ने गुरुङले बताए ।

त्यस्तै, व्यास-४ निवासी क्या. भरतबहादुर अधिकारीले पत्रकार कल्याणकारी कोषका लागि २ हजार ५ सय रूपयाँ सहयोग गरेका छन् । क्षत्री समाज नेपालका केन्द्रिय सदस्य समेत रहेका अधिकारीले समाजको ऐनाको रूपमा काम गर्ने सञ्चार जगतको हितमा प्रयोग गर्ने कल्याणकारी कोषमा उक्त रकम सहयोग गरेका बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker