कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे हाे । कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।

यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणसँगै मृत्युदर पनि बढेको बताउनुभयो । अहिलेकै अवस्थालाई हेर्ने हो भने अझै सङ्क्रमणदर बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन उहाँको आग्रह छ ।

पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन्। सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker