संसद पुनस्थापना हुँदैन : मन्त्री गुरुङ

  • भञ्ज्याङ समाचारदाता (भिमाद)

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुनर्स्थापना नहुने दाबी गरेका छन् । अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक हुने उनले बताएका छन् । तनहुँको भिमाद नगरपालिका-३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताए ।

उनले पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियो । त्यो अवधिसम्म काम गर्न दिनुपर्छ । भागबन्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर सरकारले संसद् भंग गरेको स्पष्ट पारेका थिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेर जनताको नासो जनतालाई नै फिर्ता गरिएको हो’, उनले भने, ‘जनमतमा जानु लोकतान्त्रिक कदम हो ।’ उनले गण्डकी प्रदेश सरकार विघटन नहुने बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker