घुम्ति शिविरबाट करिब पाँच हजारले लिए सेवा

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले वडा र टोलटोलमा सञ्चालन गरेको एकीकृत घुम्ति शिविरबाट बुधबारसम्म करिब पाँच हजारले सेवा लिएका छन् । शिविरको छैटौ दिनसम्म आइपुग्दा शिविरमा ४ हजार ८३९ जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएका हुन् ।

वडा नं. १ को मान्ह्रौबाट गत हप्तादेखि सञ्चालन गरिएको एकीकृत घुम्ति शिवरको सातौ दिनसम्म करिब पाँच हजारले स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ । घुम्ति शिविरबाट स्वास्थ्य सेवा अन्तर्गतको ओपिडि सेवामा १ हजार ५५८ जना, उच्च रक्तचाप २४१ जना, सिओपिडी ७३ जना, मधुमेह १०१ जना विरामीले सेवा लिएका छन् ।

यसैगरि प्रयोगशाला सेवा अन्तर्गत १ हजार ४४१ जनाले सुगर परीक्षण गरेका छन् । ५१ जनाले क्षयरोगको परीक्षण, ९ जनाले औलोरोग परीक्षण सेवा लिएका छन् । शिविरमा पाठेघर परीक्षण र प.नि. सेवा अन्तर्गत ६१६ जनाले सेवा लिएका छन् ।

भिएल परीक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको बताइएको छ । यसैगरि ५९६ जनामा भिएल ए नेगेटिभ देखिएको छ । १०९ जनाले अन्य सेवा लिएका छन् । रिङ्ग प्रेसरी सेवा १५ जनाले लिएका छन् भने एफ पि टोटल २७ जनाले लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए ।

घुम्ति शिविरमा ४६७ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । आयुर्वेद सेवा तर्फ ६३१ जनाले सेवा लिएका छन् भने ५४ जनाले वालस्वास्थ्य सेवा लिएको शाखा प्रमुख पण्डितले बताए ।

सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएका मध्ये मधुमेहका १०१ जना र भिएल ए पोजेटिभका २० जनामा देखिएकाले सम्बन्धित स्वास्थ्य संस्थामा थप उपचारकालागि पठाइएको स्वास्थ्य शाखा प्रमुख पण्डितले बताए ।

असोज २ गतेदेखि सञ्चालन गरिएको एकीकृत घुम्ति शिविर असोज ३१ गते सम्पन्न गरिने भएको छ । घुम्ति शिविरबाट ६१२ जना कृषक लाभान्वित भएका छन् भने २६ वटा पशुको वन्ध्याकरण गरिएको छ ।

शिविरवाट कोभिड-१९ बिरुद्धको खोप, कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत ज्येष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker