कांग्रेस नेता पौडेलको गाउँमा जाने खोलामा चन्दा संकलन गरी काठको पुल (फोटोफिचर)

तनहुँको व्यास नगरपालिका-८ स्थित जलेश्वर टोलको मिर्लुङ खोलामा स्थानीयबासीले चन्दा तथा जनश्रमदानबाट काठ र बाँसको प्रयोग गरी पुल निर्माण गर्दै । खोलामा पुल नहुँदा स्थानीयलाई वर्षादको समयमा आवतजावतमा समस्या भएपछि करिब नौ मिटर लम्बाइ एक मिटर चौडाइको पुल करिब ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको स्थानीय सुनिल अधिकारी जानकारी गराए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्मगाउँमा काठको पुल निर्माणसंगै यस क्षेत्रका विद्यार्थी तथा स्थानीयलाई कृषिकर्मका लागि आवतजावतमा सहज भएको छ ।

तस्विर : भञ्ज्याङ










