जेसीआई व्यास नगरको पदस्थापना

- भञ्ज्याङ समाचारदाता (दमौली)
जेसीआई व्यास नगरको २६औं शाखा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । व्यास ४ कृष्णपुरमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष लक्ष्मीभक्त खनाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
नेपाल जेसीजका अध्यक्ष अरुनेश्वर खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष खनालसहित नव निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।










