शुक्लागण्डकीको हलेदीमा जनयुद्धका शहीदको सम्मानमा मूर्ति निर्माण

रासस

शुक्लागण्डकी नगरपालिका–२ स्थित हलेदीमा जनयुद्धका शहीदको सम्मानमा प्रतिकात्मक मूर्ति निर्माण गरिएको छ । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भमाथि बन्दुक बोकेका महिला र पुरुषको प्रतिकात्मक मूर्ति निर्माण गरिएको हो । महिलाको साढे पाँच फिट र पुरुषको छ फिटको अग्लो मूर्ति राखिएको छ । शहीदको बलिदानलाई सम्मान गर्दै इतिहासलाई जीवन्त राख्न शहीद स्मृति पार्क संरक्षण समितिका सचिव सोमलाल रिमालले जानकारी दिनुभयो ।

करिब ४३ रोपनी सार्वजनिक जग्गामा शहीद पार्क निर्माण गरिएको छ । उक्त पार्कभित्र विभिन्न जातका फूल तथा बिरुवा रोप्ने कार्यसमेत सम्पन्न भइसकेको छ । स्तम्भ र मूर्तिमा रङरोगनलगायतका काम सम्पन्नपश्चात् अनावरण गर्ने कार्यक्रम रहेको सो समितिले जनाएको छ । यहाँ घर भई विभिन्न स्थानमा गएर शहादत प्राप्त गरेका ६३ शहीद भएका र राज्यबाट १६ व्यक्ति बेपत्ता बनाइएको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु २५ लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु पाँच लाख गरी कूल रु ३० लाखको लागतमा प्रवेशद्वार, बाटो, स्तम्भ तथा मूर्ति निर्माणलगायतका कार्य गरिएको शहीद स्मृति पार्क संरक्षण समितिका अध्यक्ष दिनेश गौतमले जानकारी दिनुभयो । शहीदको सम्झनामा पार्क निर्माण गरिएकाले आगामी दिनमा यसको विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग हातेमालो गर्दै अघि बढ्ने योजना रहेको उहाँले बताउनुभयो ।

चार महिनामा बन्यो मूर्ति

महिला र पुरुष गरी दुई व्यक्तिको मूर्ति निर्माण गर्दा चार महिना समय लागेको मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले जानकारी दिनुभयो । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेपछि उक्त प्रतिकात्मक मूर्ति राख्ने कार्य सम्पन्न भएको उहाँले बताउनुभयो ।

ढलौटबाट निर्माण गरिएका दुई मूर्ति करिब ३५० किलोग्राम रहेको छ । उहाँले भन्नुभयो, “उक्त मूर्ति तयार गर्दासम्म करिब रु २१ लाख खर्च भएको छ ।” मूर्तिकार श्रेष्ठले यसअघि प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही देवीको मूर्ति निर्माण गरिसक्नुभएको छ । साना ठूला गरी हालसम्म करिब १०० को हाराहारीमा मूर्ति निर्माण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker