घिरिङ गाउँपालिकाद्वारा उत्कृष्ट चार कर्मचारी सम्मानित

घिरिङ : घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गरेका चार जना कर्मचारीलाई सम्मान गरेको छ। गाउँपालिकाको १८ औं गाउँसभाको अवसर पारेर बिहीबार आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित कर्मचारीहरूमा लेखा अधिकृत अविनाश ढकाल, कम्प्युटर अधिकृत तथा पञ्जीकरण शाखा प्रमुख देवेन भुजेल, शिक्षा शाखाका प्राविधिक सहायक पुष्पा थापा खत्री र आन्तरिक लेखा परीक्षक रामु पराजुली रहेका छन्।

उनीहरूलाई गाउँपालिका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले दोसल्ला ओढाइ, करुवा र सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले कर्मचारीहरूको कार्यसम्पादनमा अनुशासन र इमान्दारिता अनिवार्य रहेको उल्लेख गर्दै सम्मानित कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिए। उनले अन्य कर्मचारीलाई पनि आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गरी सम्मान प्राप्त गर्ने दिशामा अगाडि बढ्न आग्रह गरे। साथै गाउँपालिकाले उत्कृष्ट सेवा प्रवाहलाई प्रोत्साहन गर्न र कर्मचारीहरूको मनोबल उच्च बनाउन यस प्रकारको सम्मान कार्यक्रम आयोजना गरेको अध्यक्ष थापाले जनाए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker